You are viewing the translated version of पीडितलाई दिइने अन्तरिम क्षतिपूर्ति, राहत बा क्षतिपूर्ति रकमको हद र आधार.

Rule 17
पीडितलाई दिइने अन्तरिम क्षतिपूर्ति, राहत बा क्षतिपूर्ति रकमको हद र आधार
(१) यस नियमावली बमोजिम पीडितलाई राहत उपलब्ध गराउँदा प्रचलित कानूनमा तोकिएका आधारको अतिरिक्त देहायको आधारमा देहायको रकममा नबढ्ने गरी उपलब्ध गराइनेछः-
(क) पीडितलाई तत्काल उद्धार गर्नु पर्ने भई सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा लागेको भाडा रकम तथा खाना र बास खर्च बापत छुट्टै प्रतिदिन पाँच सय रूपैयाँ,
(ख) पीडितलाई अस्पतालमा भर्ना गरी औषधी उपचार गर्नु पर्ने भएमा अस्पताल आउँदा जाँदा सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक सवारी साधन प्रयोग गर्दा लागेको भाडा रकम तथा खाना र बास खर्च बापत छुट्टै प्रतिदिन पाँचसय रूपैयाँ र पीडितलाई अस्पतालमा उपचार गराउँदा लागेको विल बमोजिमको खर्च,
(ग) कसुूरबाट मृत्यु भएका व्यक्तिको परिवारलाई किरिया खर्च बापत एकमुष्ठ पचास हजार रुपैयाँ,
(घ) मनोवैज्ञानिक उपचार वा मनोविमर्शका लागि दश हजार रूपैयाँमा नबढ्ने गरी लागेको वास्तविक खर्च,
(ङ) पुनर्स्थापनाको लागि सञ्चालक समितिले निर्धारण गरे बमोजिमको रकम,
(च) अदालतबाट कुनै आधार तोकिदिएकोमा सो आधार बमोजिम कायम हुने रकम,
(छ) राहत उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको निर्णयमा उल्लेख भए बमोजिमको रकम।
स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “ अस्पताल" भन्नाले नेपाल सरकार, प्रदेश सरकार बा स्थानीय तहबाट सञ्चालित अस्पताल वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था वा ट्रृष्टबाट सञ्चालन गरिएको अस्पताल सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिमको रकम अपर्याप्त भएको मनासिब आधार र प्रमाण सहित कुनै पीडितले जिल्ला अदालत वा सञ्चालक समितिमा निवेदन दिएमा र सो व्यहोरा मनासिब देखिएमा सञ्चालक समितिले त्यस्तो पीडितलाई दश हजार रूपैयाँमा नबढ्ने गरी मनासिब रकम थप गरी दिन सक्नेछ ।
तर अदालत बा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट नै रकम तोकिएको हकमा भने सोही बमोजिम हुनेछ ।